News Griha :: न्यूजगृह
दमकमा गोली चल्यो, किशोरी घाइते

काठमाडौं— झापाको दमकमा गोली चलेको छ। कक्षा १२ मा पढ्ने १८ वर्षीया एनिका अधिकारीमाथि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली प्रहार भएको हो। 

स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो। प्रहरीका अनुसार अधिकारीको घर उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ हो। उनी दमक नगरपालिका वडा नम्बर ५ मा डेरामा बसेर बढ्दै आएकी थिइन्।

उनीमथि दमक नगरपालिका— ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली प्रहार भएको हो। उनको पेटमा गोलीको छर्रा लागेको छ। 

स्थानीयले गोली प्रहार भएको दाबी गरेपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको बताएको छ। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

घाइते अधिकारीको दमकस्थित लाइफलाइन अस्पताल उपचार भइरहेको छ। 

-अपडेट गरिएको

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:००
Weather Update