News Griha :: न्यूजगृह
भारत निर्वाचनः ८ दिन नेपाल–भारत सीमा बन्द रहने
भारत निर्वाचनः ८ दिन नेपाल–भारत सीमा बन्द रहने छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ। विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ।
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ। नाबालिग युवक को उमेर १६ वर्ष थियो। उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन।  
यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम
यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ। अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ।हजयात्रीलाई सुरक्षित र सहजरूपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ। साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक...
डढेलो लगाएको आरोपमा ५ जना पक्राउ 
डढेलो लगाएको आरोपमा ५ जना पक्राउ  जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासत मुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको श्रेष्ठले जानकारी दिए।
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया  क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते 
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते  डडेल्धुरामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ। काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८८ छ। एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ क्रिकेटर सन्दीप लामिछानेको रिटमा आइतबार सुनुवाइ हुँदै छ।उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ । 
जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि ३ दिनका लागि बन्द
जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि ३ दिनका लागि बन्द भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो।
आरसीबीसँग गुजरात ४ विकेटले पराजित
आरसीबीसँग गुजरात ४ विकेटले पराजित बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो। आरसीबीले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो। 
काठमाडौंका यी स्थानमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने काठमाडौंका विभिन्न स्थानमा आइतबारबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘डीभी’को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
‘डीभी’को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा सार्वजनिक भएको छ। 
Weather Update