News Griha :: न्यूजगृह
आरसीबीसँग गुजरात ४ विकेटले पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)ले गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ।

बैंगलुरुको बएम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९ दशमलव ३ ओभरमा १४७ रनमा अलआउट भयो। आरसीबीले १४८ रनको विजय लक्ष्य १३ दशमलव ४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो। 

Prabhu Bank

आरसीबीका लागि फाफ डु प्लेसिसले ६४ रन बनाए। विराट कोहलीले ४२ रन बनाए। दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे। दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे। विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बलिङतर्फ गुजरातका जोश लिटलले ४ विकेट लिए। नुर अहमदले २ विकेट हात पारे।

त्यसअघि ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए। बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने।

जितसँगै आरसीबीको ८ अंक भएको छ। र, प्लेअफ सम्भावना कायमै छ।

प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। पहिलो खेल दिउसो सवा ३ बजे पञ्जाब किङ्स र चेन्नई सुपरकिङ्स आमने सामने हुँदा राति पौने ८ बजे लखनउ सुपर जायन्ट र कोलकाता नाइट राइडर्स भिड्नेछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:३०
Weather Update