News Griha :: न्यूजगृह
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मार्‍यो

काठमाडौं— अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने १६ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मारेको छ। 

गोली लाग्नुअघि युवकले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए। पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। 

Prabhu Bank

प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ। युवकलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ। युवकलाई अस्पताल लगिए पनि बचाउन सकिएन।

पछिल्लो समय अष्ट्रेलियामा चक्कु सम्बन्धी अपराधमा वृद्धि भएको छ। गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरु माथि पनि चक्कु प्रहार भएको थियो।

यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:०२
Weather Update