News Griha :: न्यूजगृह
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको रिटमा आइतबार सुनुवाइ हुँदै छ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो।

बलात्कार मुद्दामा दोषी ठहरभएका सन्दीप जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका हुन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:१४
Weather Update