News Griha :: न्यूजगृह
सन्दीपको मुद्दा 'हेर्न नमिल्ने'मा

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार पनि 'हेर्न नमिल्ने'मा राखिएको छ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आइतबार उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

Prabhu Bank

यसअघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्दा आज हेर्न नमिल्नेमा राखिएको छ। यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो। 

काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसलाविरुद्ध उच्च अदालत गएका हुन्।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडि बढाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:५८
Weather Update