News Griha :: न्यूजगृह
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
प्रतीकात्मक तस्बिर।

बाजुरा— स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया  क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।

Prabhu Bank

गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो। स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।   

गत बिहीबार दिउँसो बुढीगंगा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर जलेको थियो। 

आगलागीका घटना दैनिक बढ्दै गएपनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितले लगाएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:४२
Weather Update