टी२० विश्वकपमा आतङ्कवादी हमलाको धम्कीसोमबार, वैशाख २४, २०८१

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि गृहले गर्यो यस्तो निर्णय सोमबार, वैशाख २४, २०८१ अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ। तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगीको हकमा भने सिफारिस अनिवार्य गरिएको छैन।

गोंगबुको एक होटलमा युवतीको शव फेला सोमबार, वैशाख २४, २०८१ गोंगबुको एक होटलमा युवतीको शव फेला परेको छ।शुक्रबार राति युवतीको शव फेला परेको महानरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए।

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर सोमबार, वैशाख २४, २०८१ काठमाडौं उपत्यकासहित देशभरका वनजङ्गल र सर्वसाधारणको घरमा आगलागीका घटनाले करोडौँको धनजनको क्षति भइरहेको छ।आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौँको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ।

शंखपार्कमा एक पुरुषको शव फेला सोमबार, वैशाख २४, २०८१ धुम्बाराहीस्थित शंखपार्कमा एक पुरुषको शव फेला परेको छ।सोमबार बिहान अन्दाजी ३५ वर्षको पुरुषको शव फेला परेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए।

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने सोमबार, वैशाख २४, २०८१ नयाँ कानुनको सबैभन्दा महत्त्वपूर्ण कुरा यी राष्ट्रिय नियमहरू सदस्य राष्ट्रहरूले उल्लङ्घन गरेमा वायु प्रदूषणबाट प्रभावित मानिसहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन् र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा हानी पुगेमा, त्यसपछि उनीहरूले सरकारविरुद्ध कानुनी कारबाही गर्न सक्नेछन्।

आज सबैभन्दा सस्तो तरकारी लोकल गोलभेँडा, हेर्नुहोस् सबै तरकारीको मूल्यसूची सोमबार, वैशाख २४, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

चोरले एक तोला सुन निलेपछि... सोमबार, वैशाख २४, २०८१ पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ।चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्। उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो सोमबार, वैशाख २४, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।गएराति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो।

कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षा सोमबार, वैशाख २४, २०८१ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ।

आज बागमती प्रदेशभरि सार्वजनिक बिदा सोमबार, वैशाख २४, २०८१ प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई सोमबार काठमाडौंको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। सोही उपलक्ष्यमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो।

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने आइतबार, वैशाख २३, २०८१ यसैगरी, बुधबार ताहाचल र चमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

जङ्गलमा आगो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्रीको निर्देशन आइतबार, वैशाख २३, २०८१ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जङ्गलमा डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उनले आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।









