News Griha :: न्यूजगृह
शंखपार्कमा एक पुरुषको शव फेला 

काठमाडौं— धुम्बाराहीस्थित शंखपार्कमा एक पुरुषको शव फेला परेको छ।

सोमबार बिहान अन्दाजी ३५ वर्षको पुरुषको शव फेला परेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए। 

थापाका अनुसार ती व्यक्ति त्यहाँ फोहोर उठाउने काम गर्ने गरेको खुल्न आएको बताए।

‘शंखपार्कको अगाडी सानो झाडीमा ती पुरुषको शव फेला परेको हो,’ उनले भने, ‘स्थानीयले बताए अनुसार ती व्यक्ति त्यहीँ फोहोर उठाउने व्यक्ति रहेको खुल्न आएको छ।’ 

अन्य पहिचान नखुलेको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:३१
Weather Update