News Griha :: न्यूजगृह
गोंगबुको एक होटलमा युवतीको शव फेला 

काठमाडौं— गोंगबुको एक होटलमा युवतीको शव फेला परेको छ।

शुक्रबार राति युवतीको शव फेला परेको महानरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी अमरबहादुर थापाले न्यूजगृहलाई जानकारी दिए।

Prabhu Bank

‘शुक्रबार राति होटलको कोठामा युवतीको शव फेला परेको हो,’ उनले भने। 

उनका अनुसार युवतीले लामो समयसम्म ढोका नखोलेपछि ढोका फुटाएर हेर्दा युवती झुण्डिएको अवस्थामा रहेकी थिइन्। 

तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो,तर त्यहाँ पुर्याउनुअघि नै उनको निधन भइसकेको चिकित्सकले बताएका थिए।

थापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरिएको छ। 

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:२७
Weather Update