News Griha :: न्यूजगृह
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते 

डडेल्धुरा— डडेल्धुरामा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

Prabhu Bank

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते छन्।

उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:३०
Weather Update