News Griha :: न्यूजगृह
डढेलो लगाएको आरोपमा ५ जना पक्राउ 
प्रतीकात्मक तस्बिर।

काभ्रे— जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्।

वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

Prabhu Bank

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरी पक्राउ परेका हुन्।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासत मुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको श्रेष्ठले जानकारी दिए।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ।

रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। रासस 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:०४
Weather Update