चौधरी ग्रुपको सीजी फुड्स पार्कमा आक्रमण, १७ महिलासहित २२ जना पक्राउ
काठमाडौं— ललितपुरको भैँसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा १७ महिला र ५ पुरुष छन् ।
उनीहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनीहरु बस रिजर्भ गरेर सीजी फुड्स पार्कमा आक्रमण गर्न गएका थिए। प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएको छ।
बजारमा निम्न गुणस्तरको वाइवाइ चाउचाउ पठाएको भन्दै काठमाडौं महानगरले चौधरी ग्रुपलाई २ लाख जरिवाना तोकेको छ।
त्यसपछि वाइवाइ चाउचाउको गुणस्तरलाई लिएर सार्वचनिक आलोचना भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ १८:४३













