News Griha :: न्यूजगृह
हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
सांकेतिक तस्बिर।

काठमाडौं— मकवानपुरको  हेटौंडा बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगर बस्ने १९ वर्षको आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

Prabhu Bank

हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्चबहादुर तामाङले कुँवरलाई खुकुरी प्रहार गरेका हुन्।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्धन र दाहिने हातको कान्छी औलामा चोट लागेको छ। उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। 

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुवै जनालाई खुकुरीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:५६
Weather Update