News Griha :: न्यूजगृह
विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या

काठमाडौं— पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकारसहित तीन जनाको मृत्यु भएको छ। घटनामा आठ जना घाइते भएका छन्।

वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

Prabhu Bank

मेङ्गल जमियत उलेमा–ए–इस्लामको प्रान्तीय अधिकारी पनि थिए। उनी स्थानीय पत्रिका ‘वतन’का लागि पनि लेख लेख्थे। यो आक्रमण विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भएको हो।

एक प्रहरी अधिकारीले मेङ्गललाई उनको मिडिया कामको कारणले वा जमियत उलेमा–ए–इस्लामको एक अधिकारीको रूपमा काम गरेको कारणले निशाना बनाइएको बारे अनुसन्धान भइरहेको बताए।

बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्तीले आक्रमणको कडा निन्दा गर्दै प्रहरी महानिरीक्षकलाई दोषीलाई पक्राउ गर्न निर्देशन दिएका छन्

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १०:५८
Weather Update