News Griha :: न्यूजगृह
आईपीएलमा आज आरसीबी र गुजरात भिड्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज एक खेल हुँदैछ। आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच खेल हुँदैछ। आरसीबीमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुँदैछ।

जारी आईपीएलमा आरसीबीले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ। ६ अंकसहित आरसीबी अंकतालिकामा पुछारमा रहेको छ। त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ।

Prabhu Bank

फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबीका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन्। त्यस्तै आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन। गत सिजनमा आरसीबी छैटौँ स्थानमा रहेको थियो।

त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ। गुजरातले खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टीमको उदाहरण दिएको छ।

यस टीममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ। गुजरात टीम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:४८
Weather Update