News Griha :: न्यूजगृह
सुर्खेतमा मालपोत कार्यालयमा आगलागी

काठमाडौं— मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ।

शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो।

Prabhu Bank

आगलागीबाट स्टोरमा रहेका पुराना जिन्सी सामग्रीहरू जलेका छन्। एक थान दराज, मोटसाइकल एउटा, जेनरेटर दुई वटा, कुर्सी, टेबुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार आगो नियन्त्रणमा आइसकेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:४३
Weather Update