News Griha :: न्यूजगृह
सिधा कुरालाई अडिओ दिने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं— सिधा कुरा नामक अनलाइन तथा युट्युब च्यानललाई न्यायाधीश र मिडिया सञ्चालकले भ्रष्टाचार गरेको भनेर अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई सर्वोच्च अदालतले प्रहरीको जिम्मा लगाएको छ।

सिधा कुराका प्रकाशक युवराज कंडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए। 

Prabhu Bank

तिमल्सिनाले उक्त अडिओ उपलब्ध गराएको बयान कंडेलले दिएका थिए। सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो।

आइतबार तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिइएको हो। उनको बयान सोमबार पनि निरन्तर रहने आदेशमा उल्लेख छ।

यस्तै सिधा कुराका प्रकाशक कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:५८
Weather Update