News Griha :: न्यूजगृह
जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं— आइतबार नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका जापानका विदेशमन्त्री कामिकावा योकोले वसन्तपुर क्षेत्रको अवलोकन गरेका छन्। 

उनले दिउँसो दुई बजे अवलोकनका लागि वसन्तपुर क्षेत्र पुगेका थिए। 

त्यहाँ उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताएका थिए। 

Prabhu Bank

अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरे।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। 

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। 

विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:३२
Weather Update