News Griha :: न्यूजगृह
जापानका विदेशमन्त्री योको काठमाडौंमा

काठमाडौं— जापानका विदेशमन्त्री कामिकावा योको एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

 जापानका विदेशमन्त्री कामिकावा आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। 

Prabhu Bank

विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

उनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

जापानका विदेशमन्त्री नेपाल आएको सन् २०१९ पछि पहिलो पटक हो। विदेशमन्त्री कामिकावा आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३७
Weather Update