News Griha :: न्यूजगृह
जापानका विदेशमन्त्री योको राति १० बजे फर्किँने, कुनै सम्झौता नहुने

काठमाडौं— नेपालको एकदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री कामिकावा योकोसँग द्वीपक्षीय सहमति र कुनै सम्झौता नहुने भएको छ। 

आइतबार दिउँसो काठमाडौं उत्रिएका योकोले राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुसँग भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Prabhu Bank

नेपालको औपचारिक भ्रमणमा रहेका योकोले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यसअघि उनले साढे २ बजे दरवार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन्।

श्रेष्ठ र कामिकावाबीचको द्विपक्षीय भेटवार्ता सम्पन्न भएपश्चात उनले ३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि योको होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। 

त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ। कामिकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा उनले कुनै दुईपक्षीय सहमति र सम्झौता नगर्ने जनाइएको छ। विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहतिको टोलीले स्वागत गरेका थिए। 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री कामिकावा नेपाल भ्रमणमा आएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:५९
Weather Update