News Griha :: न्यूजगृह
इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो

काठमाडौं— इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ। इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

गत महिना, इजरायलको संसद्ले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टीभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो।

Prabhu Bank

इजरायल सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ। अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ। इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन्। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:५५
Weather Update