News Griha :: न्यूजगृह
कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते 

काठमाडौं— कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। 

आइतबार दिउँसो कीर्तिपुरको आयुर्वेदिक अस्पताल नजिकै बस दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

उनका अनुसार बसमा सवारमध्ये १ जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएका हुन्।

‘कीर्तिपुर रत्नपार्क रुटमा चल्ने बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्,’ उनले भने। 

त्यस्तै घाइतेहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। 

बस के कारणले दुर्घटना भएको र कति जना रहेका थिए भन्ने अनुसन्धान भइरहेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:१७
Weather Update