News Griha :: न्यूजगृह
बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु [अपडेट]

काठमाडौं— कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ।

रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्राडा गोविन्द रिजालको मृत्यु भएको हो।

Prabhu Bank

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्राडा रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए।

दुर्घटनामा परेर अरू ३ जना घाइते छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइते हुनेमा २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:१२
Weather Update