News Griha :: न्यूजगृह
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले। आईपीएलमा यादवको पहिलो तथा टी२० क्रिकेटमा पाँचौ शतक हो। 

Prabhu Bank

तिलक बर्माले नटआउट ३७ रन जोडे। त्यसअघि वानखेडे रङ्गशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। उसका लागि ट्राभिस हेडले सर्वाधिक ४८ रन बनाए।

नितिश कुमार रेड्डीले २० र म्याक्रो जानसेनले १७ रन जोडे। मुम्बईका कप्तान हार्दिक पान्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए। जितपछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौँ स्थानमा छ। हैदराबाद ११ खेलमा १२ अंकसहित चौथो स्थानमा छ।

प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०७:१४
Weather Update