News Griha :: न्यूजगृह
पर्यटकसँग जबर्जस्ती पैसा असुल्ने ५ युवक पक्राउ
तस्बिर: जिल्ला प्रहरी कार्यालय कास्की।

काठमाडौं— पर्यटकलाई जबर्जस्ती तानेर होटलमा लगेको आरोपमा पोखराबाट प्रहरीले पाँचजना युवकलाई पक्राउ गरेको छ। 

सोमबार पोखरा महानगरपालिका—६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Prabhu Bank

कास्कीप्रहरी प्रमुख एसपी वसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा डिहीकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी छन्। 

उनीहरूले लेकसाइड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गर्दै अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको आरोप छ। 

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी शर्माले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:५०
Weather Update