News Griha :: न्यूजगृह
त्रिभुवन विमानस्थलमा उडान-अवतरण पुनः सुरु
त्रिभुवन विमानस्थलमा उडान-अवतरण पुनः सुरु सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि प्रभावित भएको त्रिभुवन विमानस्थलको नियमित सेवा पौने १ बजेदेखि पुनः यथावत् भएको छ। 
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु
सौर्य एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।
मर्मतसम्भारको लागि पोखरा लगिँदै थियो दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज
मर्मतसम्भारको लागि पोखरा लगिँदै थियो दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ।यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो।९एन–एएमई जहाजमा १९ जना सवार थिए।
सौर्य जहाज दुर्घटनाः १८ जनाको शव निकालियो, पाइलट मनिष शाक्यको उपचार हुँदै [अपडेट]
सौर्य जहाज दुर्घटनाः १८ जनाको शव निकालियो, पाइलट मनिष शाक्यको उपचार हुँदै [अपडेट] त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन्। विमानका चालक मनिषरत्न शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएको छ।
सौर्यको जहाज दुर्घटना:  पाइलट गम्भीर घाइते, अस्पताल लगियो 
सौर्यको जहाज दुर्घटना:  पाइलट गम्भीर घाइते, अस्पताल लगियो  जहाजका पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएको र उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।
सौर्य जहाज दुर्घटनाः १३ जनाको शव निकालियो [अपडेट]
सौर्य जहाज दुर्घटनाः १३ जनाको शव निकालियो [अपडेट] प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालेका छन्। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ। 
पोखराका लागि उड्ने बित्तिकै खस्यो सौर्य एअरलाइन्सको जहाज [अपडेट]
पोखराका लागि उड्ने बित्तिकै खस्यो सौर्य एअरलाइन्सको जहाज [अपडेट] त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एअरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ। दुर्घटनाका कारण विमानमा आगो लागेको छ।
टीकापुरमा चितुवाको त्रास
टीकापुरमा चितुवाको त्रास टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। 
देवीघाट–गल्छी सडक अवरुद्ध
देवीघाट–गल्छी सडक अवरुद्ध विभिन्न चार स्थानमा गएको पहिरोले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले दिए। दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। कर्णाली प्रदेशका एकदुई स्थानमा बुधबार रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ।
Weather Update