सौर्य जहाज दुर्घटनाः १३ जनाको शव निकालियो [अपडेट]
काठमाडौं— त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालेका छन्। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन। विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन।
बुधबार करिब ११ बजे सौर्य एअरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।
उक्त विमानमा चालक दलका २ सदस्यसहित १९ जना रहेको उनले बताए। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:००