News Griha :: न्यूजगृह
दुर्घटनाग्रस्त विमानमा सौर्य एअरलाइन्सका कर्मचारी मात्र, १७ नेपाली र एक विदेशीको मृत्यु

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्यको विमानमा एअरलाइन्सका कर्मचारी र चालक दलका सदस्य मात्र रहेको पाइएको छ।

क्याप्टेन मनिषरत्न शाक्यले उडाएको विमानमा सुशान्त कटुवाल कोपाइलटका रूपमा रहेका थिए।

अन्य १७ जना एअरलाइन्सकै कर्मचारी रहेको पाइएको छ। नेपाल प्रहरीका अनुसार १८ जनाको मृत्यु भएको छ। जसमध्ये एकजना विदेशी र बाँकी सबै नेपाली हुन्।

क्याप्टेन शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ।​

हेर्नुहोस् सूची

null

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:०२
Weather Update