News Griha :: न्यूजगृह
सौर्यको जहाज दुर्घटना:  पाइलट गम्भीर घाइते, अस्पताल लगियो 
सौर्य एअरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्य। तस्बिरः नेपाल प्रहरी।

काठमाडौं— त्रिभुवन विमानस्थल नजिकै सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

जहाजका पाइलट मनिषरत्न शाक्य गम्भीर घाइते भएको र उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।

पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।

विमानस्थल टिमले उद्धारको काम गरिरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०५
Weather Update