त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएको छ।
उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन्।
आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:१६