News Griha :: न्यूजगृह
मर्मतसम्भारको लागि पोखरा लगिँदै थियो दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज

काठमाडौं— सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ।

यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो।

९एन–एएमई जहाजमा १९ जना सवार थिए।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:२९
Weather Update