त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ। दुर्घटनाका कारण विमानमा आगो लागेको छ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परेको। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए।
विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागिपरेका छन्।
दुर्घटनाबारे थप विविरण आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ ११:३०













