चितवनमा पोथी गैँडा मृत फेलामंगलबार, साउन ८, २०८१

एक वर्षमा बागमती प्रदेशमा सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु मंगलबार, साउन ८, २०८१ काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको हो।
-1717908815.jpg)
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध मंगलबार, साउन ८, २०८१ अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए।

उपसभामुख प्रकरणमा ९ लाख लेनदेन भएको मुकुलको दाबी मंगलबार, साउन ८, २०८१ उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा मुकुल ढकालले मुख खोलेका छन्। दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ।

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती र बलेफी नदीमा बाढीको जोखिम मंगलबार, साउन ८, २०८१ अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ।

काठमाडौं र पर्वतको कार्कीनेटामा भारी वर्षा मंगलबार, साउन ८, २०८१ काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ। वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा सोमबार, साउन ७, २०८१ सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन्।

सर्वोच्चमा प्रहरीमाथि हातपात गर्ने महिला पक्राउ सोमबार, साउन ७, २०८१ सर्वोच्च अदालतका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदन फैसलाको नक्कल लिने विषयमा भनाभन भएपछि सुरक्षाकर्मी बोलाई सोधपुछ गर्ने क्रममा चौधरीले सर्वोच्च अदालत सुरक्षा इकाइमा कार्यरत महिला प्रहरी कर्मचारीमाथि हातपातका साथै अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए।

देशभरका ९ वटा सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा सोमबार, साउन ७, २०८१ बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस् सोमबार, साउन ७, २०८१ बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन्।

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन सोमबार, साउन ७, २०८१ बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग सोमबार, साउन ७, २०८१ छाउ बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरिन्।

होटल साङ्ग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन सोमबार, साउन ७, २०८१ लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ। पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो। केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए।









