News Griha :: न्यूजगृह
होटल साङ्ग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

काठमाडौं— लाजिम्पाटस्थित पाँचतारे होटल साङ्ग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ।

पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो। केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए।

पाण्डेले चार दशकअघि होटल साङ्ग्रिला स्थापना गरेको थिए।

पारिवारिक स्रोतका अनुसार पाण्डेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:४८
Weather Update