चितवनमा पोथी गैँडा मृत फेला

चितवन— चितवनमा एउटा पोथी गैँडा मृत फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैँडा मृत फेला परेको हो। मकै बारीमा २० वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
गैँडाको मृत्युको कारण खुलिसकेको छैन। चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन्।
गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैँडा मरेका थिए। १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो। एउटा गैँडाको मृत्युको कारण भने खुलेको छैन।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ ०९:३३













