
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत ६ लाख घुससहित पक्राउ सोमबार, साउन ७, २०८१ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन्। औषधि आपूर्तिको बिल भुक्तानी दिलाएबापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

अपडेटः फिस्लिङको पहिरो हटाइयो, मुग्लिन–काठमाडौं सडक सुचारु सोमबार, साउन ७, २०८१ सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

बङ्गलादेशबाट अहिलेसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए सोमबार, साउन ७, २०८१ मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन्। परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको छ। ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विद्यार्थीहरूलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ।

आज साउनको पहिलो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो सोमबार, साउन ७, २०८१ आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ।

फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक अवरुद्ध सोमबार, साउन ७, २०८१ यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस वर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घण्टौँसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्।

मौसम: सोमबार दिउँसो ४ प्रदेशका केही स्थानमा भारी वर्षा हुने सोमबार, साउन ७, २०८१ सोमबार बिहान देशभरको मौसम साधारणतया बदली छ। गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तनहुँका तीन लाख पशुमा पूर्ण खोप आइतबार, साउन ६, २०८१ रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए।

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन आइतबार, साउन ६, २०८१ स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए।

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु आइतबार, साउन ६, २०८१ उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रियाको आज पहिलो दिन निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेका हुन्।

हरिवंश आचार्य अस्पताल भर्ना आइतबार, साउन ६, २०८१ अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु आइतबार, साउन ६, २०८१ कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

बङ्गलादेशबाट काँकडभिट्टा नाका हुँदै तीन सय ४० नेपाली विद्यार्थी स्वदेश फर्किए आइतबार, साउन ६, २०८१ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए। नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए।









