बङ्गलादेशबाट अहिलेसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौं— बङ्गलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्। जसमा ३०५ जना काँकडभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन्। परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको छ। ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विद्यार्थीहरूलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ।
बङ्गलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यु लगाइएको छ भने इन्टरनेटसहितका सुविधा बन्द गरिएको छ। प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ ०९:२८













