हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं— अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ।
विराटनगरको हिमगिरि हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए। उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन्।
नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो। आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताए।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १७:३५













