News Griha :: न्यूजगृह
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

काठमाडौं — बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन्। 

औषधि आपूर्तिको बिल भुक्तानी दिलाएबापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। 

उनलाई डेढ लाख नगद र चार लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिकाँ–४, कटहर चोकबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत् घुस माग गरेको सूचना आएपछि अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो।

यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए।  

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:११
Weather Update