अपडेटः फिस्लिङको पहिरो हटाइयो, मुग्लिन–काठमाडौं सडक सुचारु

काठमाडौं— चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ।
सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो।
सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ ०९:४५













