सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओलीआइतबार, साउन ६, २०८१

बङ्गलादेशबाट स्वदेश फर्किए नेपाली विद्यार्थी आइतबार, साउन ६, २०८१ परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो। मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजिकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ।

न्युरोड फुटपाथ विस्तार विवाद: ३२ वटै वडाध्यक्षको ऐक्यवद्धता, सडकबाटै थाले काम आइतबार, साउन ६, २०८१ यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडाध्यक्षहरूले ऐक्यवद्धता जनाएका छन्।
-1714474494.jpg)
६० किलो चित्तलको मासुसहित बाँकेबाट एकजना पक्राउ आइतबार, साउन ६, २०८१ बाँकेबाट चित्तलको मासुसहित एक जनालाई पक्राउ गरिएको छ।बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो।

भिनाजुको हत्या गर्ने पक्राउ आइतबार, साउन ६, २०८१ सोही गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली आइतबार, साउन ६, २०८१ भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली आइतबार बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

कारले मोटरसाइकललाई ठक्कर दिँदा लेक साइडमा एकजनाको मृत्यु आइतबार, साउन ६, २०८१ पोखरा महानगरपालिका–६ लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको छ।

आज बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आइतबार, साउन ६, २०८१ ४२औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गरी उनको स्मृति दिवस मनाउन लागिएको हो।

अहिले ६ प्रदेशमा वर्षा हुँदै, आइतबार दिउँसो र राति कताकता पर्छ पानी? आइतबार, साउन ६, २०८१ आइतबार बिहान देशभरको मौसम साधारणतया बदलीको अवस्थामा छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै आइतबार, साउन ६, २०८१ आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ।

बङ्गलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै आइतबार, साउन ६, २०८१ बङ्गलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ।

विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो शनिबार, साउन ५, २०८१ प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको मृत्यु भएको छ।

दाङमा जीप दुर्घटना हुँदा १० जना घाइते शनिबार, साउन ५, २०८१ दाङको दङ्गीशरण–७ बोगटी नजिकै जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।









