News Griha :: न्यूजगृह
सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगमाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन्।

उनले सम्बोधनका क्रममा अनलाइनमार्फत सेवा प्रवाह गर्ने, सन्तुलित परराष्ट्र सम्बन्धमा जोड दिने, जनतामा आशा जगाउने काम गर्ने बताए।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:२४
Weather Update