यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षाशनिबार, साउन ५, २०८१

सहकारीको दुई करोड रुपैयाँ घोटाला गरेको आरोपमा वडा सदस्य पक्राउ शुक्रबार, साउन ४, २०८१ प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ।राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु शुक्रबार, साउन ४, २०८१ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो।

डुबेर तीनजनाको मृत्यु शुक्रबार, साउन ४, २०८१ पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

बाढी र डुबानको अध्ययन गर्न विपद् प्राधिकरणको टोली कञ्चनपुरमा शुक्रबार, साउन ४, २०८१ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो। प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली यहाँ आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।

परराष्ट्रले भन्यो- बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित छन् शुक्रबार, साउन ४, २०८१ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको उल्लेख गरेको छ ।

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा शुक्रबार, साउन ४, २०८१ विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ। निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ।

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीको चासो शुक्रबार, साउन ४, २०८१ परराष्ट्रमन्त्री आरजु राणाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्था बारेमा जानकारी लिएकी छन्।

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ शुक्रबार, साउन ४, २०८१ पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुमबहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन्।

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति शुक्रबार, साउन ४, २०८१ गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।

धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते शुक्रबार, साउन ४, २०८१ धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन्।

रौतहटमा झडप, १९ सुरक्षाकर्मी घाइते शुक्रबार, साउन ४, २०८१ मुस्लिम धर्माबलम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ। झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा शुक्रबार, साउन ४, २०८१ जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ। तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो।









