ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्धबिहीबार, साउन ३, २०८१

बैतडीका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा बिहीबार, साउन ३, २०८१ बैतडीका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार बिहीबार, साउन ३, २०८१ आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ ।

जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा महिला पक्राउ बिहीबार, साउन ३, २०८१ जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन्। थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षीया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ।

झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह बिहीबार, साउन ३, २०८१ पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने बिहीबार, साउन ३, २०८१ कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयबाट बच्न अनुरोध गरेको छ।

सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत बिहीबार, साउन ३, २०८१ चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ।

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी बुधबार, साउन २, २०८१ भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ। स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन्।

प्रहरी सवार गाडी पल्टिँदा ३० जना घाइते बुधबार, साउन २, २०८१ कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।

बाढीपहिरोमा परी हालसम्म १२४ जनाको मृत्यु बुधबार, साउन २, २०८१ साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।

चन्द्रागिरि केबलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार बुधबार, साउन २, २०८१ बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केबलकारमा अडकिएका थिए।

प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजान्छु: गृहमन्त्री लेखक बुधबार, साउन २, २०८१ गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्मा लैजाने बताएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए।

चन्द्रागिरि केबलकारमा अडकिए यात्रु बुधबार, साउन २, २०८१ अवरुद्ध विद्युत सेवा सञ्चलनमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ।









