News Griha :: न्यूजगृह
भारतले बनाएको बाँधका कारण ३ सय बिघा खेतीयोग्य जमिन डुब्यो
भारतले बनाएको बाँधका कारण ३ सय बिघा खेतीयोग्य जमिन डुब्यो भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।
छोराबुहारीले जङ्गलमा छाडेका वृद्धको चार दिनपछि उद्धार
छोराबुहारीले जङ्गलमा छाडेका वृद्धको चार दिनपछि उद्धार बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो। वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।
सिमलताल दुर्घटना: पाँचौँ दिनसम्म १७ जनाको शव फेला, ९ वटाको सनाखत
सिमलताल दुर्घटना: पाँचौँ दिनसम्म १७ जनाको शव फेला, ९ वटाको सनाखत गत शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनाका हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ।
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला 
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला  वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ। जस मध्ये तीन जनाले ज्यान...
बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्नसक्ने
बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्नसक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्नसक्ने सम्भावना रहेको जनाएको छ। विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने
कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन्। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।
सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिव र महालेखापरीक्षकसँग छलफल
सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिव र महालेखापरीक्षकसँग छलफल सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मङ्गलबार पूर्वसचिव र पूर्व महालेखापरीक्षकसँग छलफल गरेको छ ।
महान्यायाधिवक्ताको राजीनामा स्वीकृत
महान्यायाधिवक्ताको राजीनामा स्वीकृत राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन्। 
बागमतीमा बेपत्ता बालकको शव १८ घण्टापछि बरामद
बागमतीमा बेपत्ता बालकको शव १८ घण्टापछि बरामद रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव बरामद भएको छ।जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका–३ लक्ष्मीपुरघाटस्थित बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको शव मङ्गलबार बरामद भएको हो।
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस मङ्गलबार बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
सङ्खुवासभाको सिलिचोङमा पहिरोमा परेर सासूबुहारीको मृत्यु , छोरी गम्भीर घाइते
सङ्खुवासभाको सिलिचोङमा पहिरोमा परेर सासूबुहारीको मृत्यु , छोरी गम्भीर घाइते मङ्गलबार बिहान करिब ६ बजे सिलिचोङ–१ सिसुवाखोलामा  माथिबाट पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर ५५ वर्षीया मोतीमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका –१ का वडाध्यक्ष अनिष कुलुङ राईले जानकारी दिए। पहिरोसँगै खसेको ढुङ्गाले किचेर ५५ वर्षीया मोतीमाया र उनकी बुहारी समीक्षाको घटनास्थल मै मृत्यु भएको वडाध्यक्ष...
सिमताल पहिरोः १५ जनाको शव भेटियो, ८ को सनाखत
सिमताल पहिरोः १५ जनाको शव भेटियो, ८ को सनाखत चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान साढे ९ बजेसम्म मृतकमध्ये ८ जनाको सनाखत भएको छ। 
Weather Update