News Griha :: न्यूजगृह
सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला
सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा मङ्गलबार बिहान एउटा शव भेटिएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।
कण्डक्टरले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु 
कण्डक्टरले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु  मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सिमलतालबाट त्रिशूलीमा खसेका २ बसका यात्रुको विवरण सार्वजनिक [सूचीसहित]
सिमलतालबाट त्रिशूलीमा खसेका २ बसका यात्रुको विवरण सार्वजनिक [सूचीसहित] जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट– मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को पहिलो निर्णयः त्रिवि क्रिकेट रङ्गशालालाई सुविधासम्पन्न बनाउने 
मन्त्रिपरिषद्को पहिलो निर्णयः त्रिवि क्रिकेट रङ्गशालालाई सुविधासम्पन्न बनाउने  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गर्ने निर्णय गरेको हो।
सिमलताल दुर्घटना: अहिलेसम्म १४ जनाको शव भेटियो
सिमलताल दुर्घटना: अहिलेसम्म १४ जनाको शव भेटियो चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये अहिलेसम्म १४ जनाको शव भेटिएको छ ।
 सुकेटार विमानस्थलमा जेठ ११ देखि उडान ठप्प
 सुकेटार विमानस्थलमा जेठ ११ देखि उडान ठप्प सुकेटार विमानस्थलमा जेठ ११ पछि हवाइ उडान ठप्प छ। बर्खायाम सुरु भएसँगै उडान पनि ठप्प भएको हो । सुकेटारमा नेपाल एअरलाइन्सले उडान गर्दै आएको थियो।
सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल बनाउने गृहमन्त्री लेखकको निर्णय 
सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल बनाउने गृहमन्त्री लेखकको निर्णय  गृहमन्त्री रमेश लेखकले चितवनको सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।  सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा बन्ने कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी...
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो। 
दलितविहीन मन्त्रिमण्डलः संविधानविद् आचार्य भन्छन्– दलितका नाममा सबैले राजनीति गरे
दलितविहीन मन्त्रिमण्डलः संविधानविद् आचार्य भन्छन्– दलितका नाममा सबैले राजनीति गरे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल दलितविहीन बनेको छ। आजै शपथग्रहण गरेका प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। तर एक जनाको प्रतिनिधित्व मन्त्रिमण्डमा भएको भन्दै संविधानविद् डा. भिमार्जुन आचार्यले दलितका नाममा सबैले राजनीति गरेको टिप्पणी गरेका छन्।
डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ
डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ।विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए। 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड 
सुनको मूल्यले बनायो नयाँ रेकर्ड  नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यसअघि शुक्रबार बनाएको कीर्तिमानी तोड्दै आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। 
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ। गए राति वर्षातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो।  गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिएका छन्। ‘चारैतिरबाट पहिरोले घेरेको छ।
Weather Update