News Griha :: न्यूजगृह
दलितविहीन मन्त्रिमण्डलः संविधानविद् आचार्य भन्छन्– दलितका नाममा सबैले राजनीति गरे

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल दलितविहीन बनेको छ। 

आजै शपथग्रहण गरेका प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। तर एक जनाको प्रतिनिधित्व मन्त्रिमण्डमा भएको भन्दै संविधानविद् डा. भिमार्जुन आचार्यले दलितका नाममा सबैले राजनीति गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले हिजो प्रचण्ड नेतृत्वको सरकारदेखि आज ओली नेतृत्वको सरकारसम्मले दलित समुदायलाई कुनै स्थान नदिइएको बताए। 

त्यस्तै नेताहरुमा भनाइ र गराइमा ठूलो खाडल रहेको भन्दै तत्काल मन्त्रिमण्डलमा दलितको प्रतिनिधित्व गराउन माग गरे। 

‘दलितका नाममा सबैले धेरै राजनीति गरे। कम्युनिष्टहरूले त अझ बढी गरे। न हिजो प्रचण्ड नेतृत्वको सरकार न आज ओली नेतृत्वको सरकार, दलितलाई कुनै स्थान दिइएन। होइन, भनाइ र गराइमा यति ठूलो खाडल हाम्रा नेताहरूमा कसरी रहन्छ? मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व तत्काल गराउन म आग्रह गर्दछु,’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:२०
Weather Update