सरकार फेरिने भएसँगै त्रिभुवन विश्वविद्यालय सभा स्थगितआइतबार, असार ३०, २०८१

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु आइतबार, असार ३०, २०८१ बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन्। उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन्। सानोमा उनले विद्यालय टेक्नै पाइनन्। ‘छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्यो भन्ने चलन थियो,’ उनले भने, ‘पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो। बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो।’ उहाँका चार सन्तानमध्ये जेठी...

भोटेकोशी आयोजनाका मृतक कामदारका परिवारलाई ३० लाख आर्थिक सहायता दिइने आइतबार, असार ३०, २०८१ सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख आर्थिक सहयोग...
-1720763281.jpg)
त्रिशूलीमा बेपत्ता बसमा सवार यात्रुको खोजीमा तिव्रता दिन प्रचण्डको निर्देशन आइतबार, असार ३०, २०८१ कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता यात्रुहरुको खोजीमा तिव्रता दिन निर्देशन दिएका छन्। आइतबार बिहान तीनवटै सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका थिए। सो अवसरमा प्रचण्डले सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै...

त्रिशूलीमा खसेको २ बसमा ६५ यात्रु भएको पुष्टि, खोजीमा डेढ सय सशस्त्र प्रहरी परिचालन आइतबार, असार ३०, २०८१ चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्। बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्। त्रिशूली नदीको...

माई नदीले धार परिवर्तन गरेपछि डुबानको त्रासमा सन्थाल बस्ती आइतबार, असार ३०, २०८१ माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा। सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ। वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन्।

सिमलताल पहिरोः हालसम्म बसमा रहेकामध्ये पाँच जनाको शव भेटियो आइतबार, असार ३०, २०८१ गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका...

बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका आइतबार, असार ३०, २०८१ खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो।

गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव आइतबार, असार ३०, २०८१ भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। गोलाघाटमा नारायणी र राप्ती नदी मिसिन्छन्। नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

सिमलताल घटना : थप एकजनाको शव सनाखत आइतबार, असार ३०, २०८१ सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ। सनाखत भएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती आइतबार, असार ३०, २०८१ २५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नेले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए।

सिमलताल पहिरो : बिहानैदेखि बेपत्ता बस र यात्रुको खोजीमा जुटे सुरक्षाकर्मी, आज ठूलो चुम्बक प्रयोग गरिँदै आइतबार, असार ३०, २०८१ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे ३ बजेर तिर त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्।

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना आइतबार, असार ३०, २०८१ कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता छिन्।









