News Griha :: न्यूजगृह
बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका

मान्म (कालीकोट)— जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ।

खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो।

महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो।

'पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको थियौँ,' महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले भने, 'सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको छ।'

 पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज भएको अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:५५
Weather Update